काठमाडौं, (एजेन्सी) पुस १६ गते
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ।
गएराति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामका लागी पेपे माटर सर्र, रिचालीसन र कप्तान सनले समान १-१ गोल गरे। बर्नमाउथका लागी एलेक्स स्कटले १ गोल गरे।
यो नतिजापछि टोटनह्याम २० खेलमा ३९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ। उता बर्नमाउथ १९ खेलमा २५ अंकका साथ १२ औँ स्थानमा छ।
प्रकाशित मिति: January 2, 2024