हेड टु हेडमा नेपाललाई स्वर्ण

हेड टु हेडमा नेपाललाई स्वर्ण
1Shares

काठमाडौं, फागुन २६ गते
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।
भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो ।
समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

प्रकाशित मिति: March 9, 2024

कमेन्ट गर्नुहोस्

advertisment