सन्तोषीको नयाँ शुरुआत

सन्तोषीको नयाँ शुरुआत फाइल फोटो
0Shares

काठमाडौं, माघ १२ गते

म्याराथनमा पहिलो पटक सहभागि बनेकी धाविका सन्तोषी श्रेष्ठले ढाकाको चर्चित म्याराथन भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् ।

निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गरेपछि उनले राष्ट्रिय कीर्तिमान पनि रचिन्।यसअघि नेपालकै पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्ड दुरीको कीर्तिमान थियो।

गतवर्ष स्वर्ण जितेकी पुष्पा भण्डारीले भने प्रतियोगितामा रजत पदक जितिन्। उनको समय २ घण्टा ४९ मिनेट ३४ सेकेण्ड थियो। विन्द्राधन्के श्रेष्ठ भने पाँचौं स्थानमा रहिन् ।

सन्तोषी २०१९ मा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्सको १० हजार मिटर दौडकी स्वर्ण विजेता खेलाडी हुन्। १० हजार मिटर सहित उनी हाफ म्याराथन र म्याराथनमा खेल्न थालेकी हुन्।

पुरुषतर्फको स्पर्धामा खडगबहादुर खड्का तेस्रो भएका छन् । उनले २ घण्टा १८ मिनेट ३२ सेकेण्डको समयमा रेस पूरा गरे। नेपालबाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले भाग लिएका थिए।

 

प्रकाशित मिति: January 26, 2024

कमेन्ट गर्नुहोस्

advertisment