तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन
0Shares

बागलुङ वैशाख ८ गते

मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन् ।
बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा जित निकाल्दै सुवाश पुरुषमा र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन् । यससँगै दुवै नगद ५० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारे । बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको दुईदिने प्रतियोगिताको पुरुषतर्फ फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए ।

श्रीप्रसादले ३० हजार रुपैयाँसहित पदक प्राप्त गरे । आर्मीका अनिल तामाङ तेस्रो भए । उनले तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराए ।
तेस्रो स्थानका अनिलले २० हजार रुपैयाँ र पदक पाए । महिला फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन् । सजिनाले नगद ३० हजार रुपैयाँसहित पदक पाइन् ।

महिलामा कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । उनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराइन् । महिलातर्पm ५०–५७ केजी तौलसमूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: April 20, 2024

कमेन्ट गर्नुहोस्

advertisment