वर्ष महिलाका आठ खेलाडीमा एथलेटिक्सको वर्चश्व

एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७९

वर्ष महिलाका आठ खेलाडीमा एथलेटिक्सको वर्चश्व
1Shares

काठमाडौं, माघ २२ गते

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २० औं संस्करणका लागि यसवर्ष प्रत्येक विधामा ८ खेलाडीहरु मनोनयन गरिएको छ।

मञ्चले विगतमा उत्कृष्ट ५ खेलाडीलाई मनोनयन गर्ने गरेकोमा यस पटकदेखि नयाँ प्रयोग थालेको हो ।

वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा खेलाडीहरूलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको मञ्चले जनाएको छ।

मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा हुने पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने मञ्चले जनाएको छ। अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।

वर्ष महिला खेलाडीको उत्कृष्ट ८ मनोनयनमा परेका खेलाडीहरु निम्नानुसार छन्।

अमिशा कार्की (फुटबल)

– साफ महिला च्याम्पियनसिपमा रजत जित्न सफल

– साफ महिला च्याम्पियनसिपमा २ गोल गर्न सफल

– साफ यू–२० महिला फुटबलको उपविजेता । ४ गोल गर्दै संयुक्त सर्वाधिक गोलकर्ता ट्रफी जित्न सफल

– नवौं राष्ट्रिय खेलकुदमा आर्मीबाट कांस्य जित्न सफल

अनुशा मल्ल (बास्केटबल)

– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत

– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी

– नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल

डुवाना लामा (पौडी)

– नवौं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण र १ रजत जित्न सफल

– त्रिभुवन आर्मी क्लबबाट खेल्दै सर्ट कोर्समा ५ राष्ट्रिय कीर्तिमान बनाउन सफल

– २०० मिटर इन्डिभिजुअल मिड्ले, ५० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रेस्टस्ट्रोक, ८०० मिटर फ्रिस्टाइल रिले, ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्टस्ट्रोक र मिक्स ४०० मिटर रिलेमा स्वर्ण तथा ५० मिटर बटरफ्लाइमा रजत

जयरानी थारु (एथलेटिक्स)

– नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ५ स्वर्ण, सहभागी सबै विधामा विजेता

– १०० मिटर हर्डल्स, ४०० मिटर हर्डल्स र लङजम्पमा राष्ट्रिय कीर्तिमान ।

– ४४औं राष्ट्रिय एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमानसहित चार स्वर्ण र एक रजत । उत्कृष्ट खेलाडी घोषित ।

पुनम श्रेष्ठ (जुडो)

– बिस्केक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कांस्य विजेता

– महिला ७० केजीमुनि तौल समूहमा किर्गिस्तानकी गुल्नुरलाई रिपिचेजमा हराएर कांस्य जित्न सफल ।

– नवौं राष्ट्रिय खेलकुदमा महिला ७० केजी तौल समूहमा स्वर्ण

पुष्पा भण्डारी (एथलेटिक्स)

– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण

– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ)

– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य

– सहारा हाफ म्याराथन स्वर्ण

–  कान्तिपुर हाफ म्याराथनमा रजत

– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत

– मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत

राजपुरा पछाई (एथलेटिक्स)

– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक

– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ)

– नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत

– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण

– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण

– नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण

– राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत

श्रेवी महर्जन (ट्रायथलन)

– एसियन कप ट्रायथलन तथा दक्षिण एसियन कप ट्रायथलनमा दक्षिण एसियालीतर्फ रजत

– नवौं राष्ट्रिय खेलकुदमा महिला स्प्रिन्टतर्फ रजत

 

प्रकाशित मिति: February 5, 2024

कमेन्ट गर्नुहोस्

advertisment