एन्फालाई कारवाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

एन्फालाई कारवाही गर्न खेलकुद मन्त्रालयको निर्देशन
3Shares

काठमाडौं, फागुन ३० गते

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद ऐन २०७७ विपरित अखिल नेपाल फुटबल संघ एन्फाले १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) राखेपलाई पत्र काटेको छ ।

बुधबारखेलकुद मन्त्रालयले राखेपलाई एक पत्र काट्दै ऐन विपरित भ्रमणमा पुगेकोलाइृ कारबाही गर्न आदेश जारी दिएको हो ।

वहराइनमा हुने  विश्वकप तथा एसिया कपको छनोटका निम्ति हाल राष्ट्रिय टोली अभ्यास म्याच खेल्न मलेसिया गएका छन्।

ती पदाधिकारीहरुमा  प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक), दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष ), महेन्द्र क्षेत्री (एन्फा सदस्य) , इन्द्रमान तुलाधर(सिइओ),  जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ छन्।

खेलकुद मन्त्रालयका प्रवक्ता शिव रेग्मीद्बधारा काटिएकाे पत्रमा भनिएको छ, ‘एन्फाले खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार स्विकृती नलिई दश पदाधिकारीलाई भ्रमणमा पठाएको बुझियो । त्यसैले आवश्यक कारबाहीको लागि पत्र काटेका छौं’

 

प्रकाशित मिति: March 13, 2024

कमेन्ट गर्नुहोस्

advertisment