गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० : सुदूरपश्चिमको पहिलो जित

गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० : सुदूरपश्चिमको पहिलो जित
0Shares

काठमाडौं, बैशाख ८ गते ।
सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० प्रतियोगितामा शनिबार सहज जित हात पारेको छ । दुई खेल खेलेको सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्यो । दुई खेलमा सुदूरपश्चिमको यो पहिलो जित हो ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले १८.३ ओभरमा अलआउट हुनुअद्धि ११७ रनको योगफल खडा ग¥यो ।
शीर्ष ३ मा ब्याटिङ गरेका अर्जुन कुमाल, ईश्वर क्षेत्री र दिपक डुम्रेलाई सस्तैमा गुमाएको गण्डकी कुनै समय १९–३ को स्थितिमा थियो ।
गण्डकीका कप्तान विपिन खत्रीले अविजित १९ बलमा ३० रन तथा रोशन गौतमले २३ बलमा २८ रन बनाए । यस्तै करन पंगेनी र दिनेश बुढा मगरले समान १५÷१५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदुरपश्चिमको बलिङ्गमा नरेन भट्टले मात्र १ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी र शेर मल्लले पनि समान २÷२ विकेट हात पारे ।
जवाफमा ११८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा १ विकेट गुमाएर पुरा ग¥यो । सुदूरपश्चिमलाई सहज जित दिलाउने क्रममा ‘प्लेयर अफ दि म्याच’ चुनिएका अभिषेक पालले सर्वाधिक ४९ रन बनाए । बसन्त कार्कीले अविजित ३७ र राजु रिजालले अविजित २९ रन प्रहार गरे ।
अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले पराजित ग¥यो । कोशीको दुई खेलमा लगातार दोस्रो हार हो ।
लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन जोडेको थियो । लुम्बिनीको ब्याटिङमा कप्तान देव खनालले २२ बलमा ४५ रन जोडे । दिल्शाद अलिले १७ र कृष्ण कार्कीले अविजित १६ रन बनाए ।

प्रकाशित मिति: April 20, 2024

कमेन्ट गर्नुहोस्

advertisment