दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी बनाउन छलफल

दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी बनाउन छलफल
0Shares

काठमाडौं, बैशाख ५ गते
कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी बनाउने विषयमा अग्रसरता देखाउदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुसंग छलफल गरेका  छन् ।

सदस्य–सचिव घिसिङको अध्यक्षतामा त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव हंशराज वाग्ले, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्याल, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपका सदस्य प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, आर्थिक प्रशासन शाखाका प्रमुख रिखीराम पोख्रेल, बजेट तथा योजना शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा लगतालगायतको उपस्थिति रहेको थियो ।बैठकमा खेलाडी छनोट, प्रदेश टिम तयराी, खेल तथा खेलाडी संख्या, ट्रफी टुर, अनलाइन खेलाडी दर्ता फारम, खेल पोशाक, किट्स ब्याग, खेलाडी बिमा, मेडिकल टिम, बसोवास, स्थानिय यातायात, खेलस्थल, खेल सामाग्री, खेल सञ्चालन सम्बन्धमा छलफल भएको थियो । बृहत राष्ट्रिय खेलकुद सम्पन्न भएपछि प्रथम पारा राष्ट्रिय खेलकुद आयोजनाका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति: April 18, 2024

कमेन्ट गर्नुहोस्

advertisment