काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा वेष्टहामले आर्सनललाई पराजित गरेको छ।
बिहीबार राति भएको खेलमा वेष्टहामले घरेलु टोलीमाथि २–० को जित दर्ता गरेको हो। वेष्टहामलाई जित दलाउन थोमस साउसेक र माभरोपानोसले समान १-१ गोल गरे।
यो नतिजापछि आर्सनल १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ४२ अंक छ। वेष्टहाम भने ३३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।
प्रकाशित मिति: December 29, 2023