काठमाडौं, पुस ५ गते
ब्राजिलियन फुटबलर नेयमार जुनियरले आगामी वर्ष अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता गुमाउने पक्का भएको छ।
घुँडामा लागेको चोटका कारण सन् २०२४ जुन २० बाट सुरु हुने प्रतियोगिता उनले गुमाउने भएका हुन्। विश्वकप छनौट अन्तर्गत उरुग्वे विरुद्धको खेलमा उनको घुँडामा चोट लागेको थियो।
नेयमारको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएपछि अप्रेसन गरिरहेका ब्राजिलको राष्ट्रिय टिमका डाक्टर रोड्रिगो लाम्सारले नेयमार कोपा अमेरिकाका लागि तयार नहुने बताएका हुन्। यसअघि चोटकै कारण नेयमारले सन् २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए।
प्रकाशित मिति: December 21, 2023
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        