झापालाई पहिलो पटक पूर्ण अंक

झापालाई पहिलो पटक पूर्ण अंक
0Shares

काठमाडौं, मंसिर २६ गते

नेपाल सुपर लिग (एनएसएल) पाँचौ खेलमा आएर झापा एफसीले बल्ल पहिलो जितको स्वाद चाख्यो।

दशरथ रंगशालामा मंगलबार साँझ झापाले एफसी बुटवल लुम्बिनीलाई १-० ले पराजित गरेको हो।

त्यसको निम्ति ३९ औं मिनेटमा स्पेनिस खेलाडी सान्चेजले गोल गरे। यो उनको पनि जारी लिगको पहिलो गोल हो। त्यस निम्ति मार्की खेलाडी अन्जन विष्टले पास मिलाइदिएका थिए।

यसअघिका चार खेलमा झापाले तीन खेल बराबरी खेल्दा एकमा हार ब्यहोरेको थियो। यो नतिजाले झापाले ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । ६ खेलबाट ७ अंक जोडेको बुटवल भने अंकतालिकाको सातौं स्थानमा छ।

 

प्रकाशित मिति: December 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment