लयमा फर्किँदै काठमाडौै रेजर्स

लयमा फर्किँदै काठमाडौै रेजर्स दशरथ रंगशालामा उपस्थित विदेशी दर्शकहरु।
0Shares

काठमाडौं, मंसिर २५ गते

एउटा महत्वपूर्ण खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले पराजित गरेपछि डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को दौडमा फेरी अगाडि आएको छ।

सोमवार खेलिएको खेलमा काठमाडौंले १ गोलले पछि परिसकेको अवस्थामा २ गोल फर्काउँदै रोमाञ्चक जित हात पारेको हो।

पोखराले आफ्नो मार्की खेलाडी आयुष घलानले गोलबाट खेलमा अग्रता लिएको थियो। ५९ औं मिनेटमा रिवाउन्डमा आएको बलमा घलानले गोल गरेका थिए।

तर ८३ औं मिनेटमा दिपेश गुरुङको पासमा एन्कुनगुयले बराबरी गोल फर्काए। खेल सकिनै लाग्दा इन्ज्युरी समयमा काठमाडौंका लागि शोखरुखले विजयी गोल गर्दै खेल टुङ्ग्याइदिए।

यो परिणामसँगै काठमाडौं ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। जितले शीर्ष स्थानमा पुग्न सक्ने पोखरा भने हारसंगै समान ८ अंकका साथ पोखरा चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: December 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment