आर्मी र टाइम्सको जित

आर्मी र टाइम्सको जित
0Shares

काठमाडौं, मंसिर २५ गते

नेपाल आर्मी र टाइम्स इन्टरनेसनलले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार जित हात पारेका छन् ।
आर्मीले बुद्ध टिमलाई १२१––४० ले पराजित ग¥यो । आर्मीको जितमा निश्चल महर्जनले २३ अंक योगदान गरे । विजय बुर्जाको ३० अंक सहयोगमा टाइम्सले गोब्लिन्सलाई १०७–६४ ले हरायो ।
नखिपोट युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषमै बूढानीलकण्ठ, कीर्तिपुर ‘ए’ र कीर्तिपुर ‘बी’ ले सफलता पाए ।
बूढानीलकण्ठले आयोजक नखिपोट ‘ए’ लाई १०३–८३ ले पाखा लगायो । विजेताका तेन्जिङ शेर्पाले ३६ स्कोर गरे । कीर्तिपुर ‘ए’ ले स्नोल्यान्डमाथि ११०–६५ को जित निकाल्यो । कीर्तिपुर ‘ए’ का जयदीप सिंहले ४७ अंक जोडे । कीर्तिपुर ‘बी’ ले नखिपोट ‘बी’ लाई ७५–७१ ले पन्छायो । कीर्तिपुर ‘बी’ आशिष थापा मगरले ३४ अंक बटुले ।

प्रकाशित मिति: December 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment