रात्रिकालिन टेबल टेनिसमा बडा नम्वर १६ च्याम्पियन

एलेक्स र अंकितालाई एकलमा स्वर्ण

रात्रिकालिन टेबल टेनिसमा बडा नम्वर १६ च्याम्पियन टिम च्याम्पियन बडा नम्वर १६ रनिङ शिल्डका साथ। तस्विर: उज्जोल डंगोल
0Shares

काठमाडौं, मंसिर २५ गते

बडा नम्वर १६ ले कुल ३ स्वर्ण ३ रजत र ३ काश्य पदक जित्दै ललितपुर महानगरपालिका मेयर कप रात्रिकालिन टेबल टेनिस च्याम्पियन बनेको छ।

ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण सहित बडा नम्वर ६ दोस्रो भयो।

प्रतियोगिताको अन्तिम दिन भएको पुरुष एकल प्रतिस्पर्धामा वडा ७ का एलेक्स महर्जन र महिला एकलमा वडा १६ की अंकिता वज्राचार्यले स्वर्ण पदक जिते। दुवै समान ३–२ को सेटमा विजयी भए ।

पुरुष एकल बिजेता एलेक्स महर्जन।

पुरुष फाइनलमा एलेक्सले वडा १४ का रितिज जोशीलाई ८–११, ११–९, ११–८, ७–११ र ११–९ को सेटमा पराजित गरे । गल्र्सको फाइनलमा अंकिताले वडा ८ की सुरम्य शाक्यलाई ११–९, ८–११, ९–११, ११–९ र ११–९ को सेटमा हराइन् ।
विजेतालाई बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

प्रकाशित मिति: December 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment