चितवन विरुद्ध ललितपुरको प्रभाव

चितवन विरुद्ध ललितपुरको प्रभाव फमा पाडपा इबो केबेको गोलको खुशियाली मनाउदै। तस्विर: उज्वल डंगोल।
0Shares

काठमाडौं, मंसिर २४ गते

एक रोमाञ्चक प्रतिस्पर्धामा एफसी चितवनलाई ३-१ गोल अन्तरले पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा ललितपुरले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गरेको हो।

यो परिणामले ललितपुरको ५ खेलबाट ९ अंक जोड्यो। यसले ललितपुरले एक अंकको अग्रताका साथ तालिकाको शीर्ष स्थानमा पुर्यायो।

एक खेल कम खेलेको धनगढी एफसी र पोखरा थन्डर्सको ८/८ अंक छ।

५ अंक जोडेको चितवन सातौं स्थानमा झरेको छ ।

फमा पापा इबो केबेको गोलमार्फत ललितपुरले अग्रता लिएको थियो । दोस्रो हाफमा विवेक पौडेलको सुन्दर गोलमा ललितपुरले अग्रतालाई दोब्बर बनायो । इन्जुरी समयमा केबेले व्यक्तिगत दोस्रो गोल गरे । चितवनका लागि खेलको एक मात्र गोल रफिक अमिनुले गरे ।

प्रकाशित मिति: December 10, 2023

कमेन्ट गर्नुहोस्

advertisment