ज्ञानोदय र रेडियन्ट फाइनलमा

ज्ञानोदय र रेडियन्ट फाइनलमा
0Shares

काठमाडौं, मंसिर २२ गते
आयोजक ज्ञानोदय र रेडियन्ट पब्लिक २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले पुष्पसदनलाई ४४–३० ले पराजित ग¥यो । ज्ञानोदयको जितमा रिजन अधिकारीले १८ अंक योगदान गरे । लमिक योञ्जनको १९ अंक सहयोगमा रेडियन्टले ओएसिसलाई ४८–३४ ले हरायो ।
गल्र्समा पनि रेडियन्ट पब्लिक उपाधिनजिक पुगेको छ । रेडियन्टले त्रियोगलाई २७–२४ ले पाखा लगाउदै रातो बंगलासंग फाइनल भेट पक्का ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १८ स्कोर गरिन् । अर्को सेमिफाइनलमा रातो बंगलाले बूढानीलकण्ठलाई ३८–२४ ले पन्छाएको थियो । रातो बंगलाकी अन्शु उरावले महत्वपूर्ण २६ अंक जोडिन् । फाइनल आइतबार हुनेछ ।

प्रकाशित मिति: December 9, 2023

कमेन्ट गर्नुहोस्

advertisment