लालीगुराँस टिम च्याम्पियन

लालीगुराँस टिम च्याम्पियन
0Shares

काठमाडौं, मंसिर २२ गते

लालीगुराँस नेसनल एकेडेमीले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । लालीगुराँस २३ स्वर्ण, ९ रजत र ७ कांस्य जित्दै ४९ विद्यालय सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।
तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हिमरश्मि १४ स्वर्ण, २१ रजत र १२ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको किन्डर गार्टेनले १० स्वर्ण र २ रजत हात पा¥यो । ६ स्वर्ण, ५ रजत र २ कांस्यसाथ कौशल इङलिस बोर्डिङ स्कुल चौथो भयो । टिम च्याम्पियनले १ लाख, दोश्रोले ६० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी अर्याललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा भएको थियो । यस संस्करणदेखि टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन समावेश गरिएको थियो ।
मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जम्मा ७२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति: December 9, 2023

कमेन्ट गर्नुहोस्

advertisment