स्ट्याग ग्लोबल टेबल टेनिस लिग सुरु

स्ट्याग ग्लोबल टेबल टेनिस लिग सुरु
0Shares

काठमाडौं, मंसिर १९ गते

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगितामा ९ टिम सहभागी छन् । पहिलो दिन कान्तिपुर भ्याली पिङपोङ क्लबले १३, आयोजक स्ट्यागले १२, नेपाल एपीएफ क्लबले १०, नेपाल आर्मीले ९, एभीएम टीटी क्लबले ८, नेपाल प्रहरी क्लबले ७ र गोड स्पिन टीटी एकेडेमीले ६ अंक जोडे । ज्ञानभैरव डिल्ली बजार टीटी क्लब र नगाउँ स्पोर्ट्स क्लब समान ५–५ अंकमा छन् ।
प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कारसहित रनिङ शिल्ड पाउनेछ । कन्सेप्ट मेकर्सको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको उपविजेताले एक लाख र तेश्रो हुने टोलीले समान ५०–५० हजार नगद पुरस्कार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिता शनिबार समपन्न हुनेछ ।

प्रकाशित मिति: December 5, 2023

कमेन्ट गर्नुहोस्

advertisment