काठमाडौं र झापाको निरश बराबरी

काठमाडौं र झापाको निरश बराबरी नायक राजेश हमाल बाँया म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गर्नुहुंदै।
0Shares

काठमाडौं, मंसिर १९ गते

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र झापा एफसी विच नेपाल सुपर लिग एनएसएलको एउटा खेल निरश खेल बराबरीमा टुंगिएको छ।

बराबरीसँगै साबिक विजेता काठमाडौंले धनगढी एफसीसँग अंक बराबरी गर्दै शीर्ष स्थानमा उक्लिने अवसर समेत गुमाएको छ।

लगातार दोस्रो बराबरी खेलेको काठमाडौंको तीन खेलबाट पाँच अंक छ । काठमाडौंले उद्धघाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १-० ले हराएको थियो । दोस्रो खेलमा उसले एफसी चितवनसँग १-१ को बराबरी खेलेको थियो ।

समान खेलबाट दुई अंक जोडेको झापा सातौं स्थानमा यथावत छ । पहिलो खेलमा स्पोर्टिङ इलामसँग १-० ले पराजित उसले पछिल्लो खेलमा पोखरा थन्डर्ससँग १-१ को बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा दुवै टोलीले केही अवसर सृजना गरेका थिए।

 

 

प्रकाशित मिति: December 5, 2023

कमेन्ट गर्नुहोस्

advertisment