आइसिसी लिग २ को नयाँ सिजनको शुरुआत नेपालबाट

आइसिसी लिग २ को नयाँ सिजनको शुरुआत नेपालबाट
0Shares

काठमाडौं, मंसिर १५ गते

विश्वकप लिग २ को नयाँ सिजन यहि फेब्रुअरी बाट शुरु हुंदैछ। त्यसको शुरुआत कीर्तिपुर क्रिकेट मैदानबाट हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपालले लिगको पहिलो शृंखला आगामी फेब्रुअरीमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने जानकारी गराएको हो । शृखंला फेब्रुअरी १७ बाट सुरु हुनेछ ।

सन् २०२७ सम्म हुने लिगमा नेपाल, नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, स्कटल्यान्ड, संयुक्त अरब ईमिरेट्स(युएई),ओमान र अमेरिका सहभागी छन् ।

यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

काठमाडौंमा खेलिएको श्रृंखलाको अन्तिम चक्रमा नेपालले १२ मध्ये ११ खेल जितेर आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई मान्यता मात्र जोगाएको थिएन, तेस्रो स्थान हात पारेर एसिया कपको लागि सिधै छानिएको थियो।

प्रकाशित मिति: December 1, 2023

कमेन्ट गर्नुहोस्

advertisment