अनुभवी आर्मीलाई हराउँदै मधेशले उचाल्यो केपी ओली कप

अनुभवी आर्मीलाई हराउँदै मधेशले उचाल्यो केपी ओली कप
0Shares

काठमाडौं, मंसिर १५ गते

नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाममा पोखरामा सञ्चालन भएको केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मधेस प्रदेशले सशक्त ठानिएको प्रतिद्धन्दी त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराएको हो।

यसअघि मधेशले सेमिफाइनलमा एपीएफ क्लबको तगारो पन्छाएको थियो। मधेश प्रदेशको राष्ट्रियस्तरतमा जितेको यो पहिलो ठूलो उपाधी पनि हो।

मधेशले पहिलो ब्याटिङ गर्दै आर्मीलाई १३६ रनको मध्यम लक्ष्य मात्र छोडेको थियो। तर राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण रहेको सेनाका खेलाडीहरु उक्त लक्ष्यसम्म पुग्न सकेनन्।

टोलीले २० ओभरमा ७ विकेट गुमाएर १२४ रन मा सीमित हुनपुग्यो। सेनालाई जित्नका निम्ति अन्तिम ६ बलमा २४ रन आवश्यक थियो।

त्यसमा विवेक यादवले पहिलो दुई बलमा एक चौका र अर्को छक्का तथा तेस्रो बलमा एक रन जोडेर टोलीलाई जितका आशा देखाएका थिए। तर त्यसपछि क्रिजमा आएका अनुभवी सोमपाल कामीले बाँकी ३ बलमा १ रन मात्र वटुल्नसकेपछि टोलीको हार निश्चित भयो।

सेनाका कप्तान विनोद भण्डारी र सन्तोष कार्कीले आर्मीलाई राम्रो सुरुवात दिलाउँदै ४.४ ओभरमा ३२ रनको साझेदारी गरेको थियो।

तर त्यसपछिका खेलाडीहरुले भने सम्हालिएर खेल्न सकेनन्।

प्रकाशित मिति: December 1, 2023

कमेन्ट गर्नुहोस्

advertisment