वरिष्ठ फुटबल प्रशिक्षक थापाको निधन

वरिष्ठ फुटबल प्रशिक्षक थापाको निधन
0Shares

काठमाडौं ,  मंसिर १५ गते

वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन भएको छ । उनको निधन ह्दयघातका कारण भएको बताइएको छ।

बिहीबार राति निजी निवास कुलेश्वरबाट मेडिसिटी अस्पताल लैजादै गर्दा ७५ वर्षीय थापाको बाटोमै निधन भएको हो ।

थापा पहिलो पुस्ताको नेपाली फुटबल टोलीका प्रशिक्षक थिए ।

सन् १९७१ मा जापानमा भएको यु १९ एसियन च्याम्पियनसिपमा नेपाली टोलीको प्रतिनिधत्व गरेका थापाले न्युरोड टिम ( एनआटी), ठमेल, महावी लगायताका क्लबबाट लिग खेलका थिए ।

राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ अधिकारी उनी एनआइएसका निर्देशक भएका थिए।

प्रकाशित मिति: December 1, 2023

कमेन्ट गर्नुहोस्

advertisment