नेपाल सुपर लिगः धनगढी शीर्ष स्थानमा

नेपाल सुपर लिगः धनगढी शीर्ष स्थानमा
0Shares

काठमाडौं, असोज १४ गते

वैकल्पिक खेलाडी अफिज ओलावालेले इन्जुरी समयमा गोल ठोकेपछि धनगढी एफसीले गोलरहित बराबरीमा टुंगिन लागेको खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ।

धनगढीले नेपाल सुपर लिग(एनएसएल) बुटवल लुम्बिनी  एफसीलाई १-० ले हराएको हो।

हिजाजीले मैदानको मध्यभागबाट निकालेको बललाई ओलावालेलेफर्स्ट टच’ मै पोस्टको दिशा दिएका थिए।

लगातारको दुई जितपछि धनगढी पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो खेलमा धनगढीले वीरगंज युनाइटेडलाई २-१ ले हराएको थियो । लगातार दुई खेल हारेको बुटवल भने अंक विहिन छ र टोली अंकतालिकाको अन्तिम स्थानमा छ।

खेलको १९ औं मिनेटमा मणी लामाको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले बचाएका थिए । त्यसको अर्को मिनेटमै फरवार्ड जिलेस्पीजंग कार्कीलाई धनगढीका मार्की खेलाडी आशिष चौधरीले पेनाल्टी बक्स नजिकैलडाएपछि बुटवलले फ्रिकिक प्राप्त गरेको थियो ।

कप्तान एरिक विष्टको उक्त फ्रिकिक ताहाले मुस्कीलले बचाए । सोही रिबाउन्डमा सरोज तामाङले गरेको प्रहार आफ्ना खेलाडीबाट डिफ्लेक्ट भएपछि धनगढीको खतरा टरेको थियो ।

२५ औं मिनेटमा गोलकिपर मोहमडु बाधक बन्दा धनगढी अग्रता लिन बन्चित रह्यो । विपक्षी रक्षकबाट बल खोस्दै फरवार्ड अल हिजाजीले विंगर आशिष चौधरीलाई पास निकालिदिएका थिए । पासलाई सदुपयोग गरेका आशिषको कट्ब्याकमा हिजाजीकै ‘वान टच’ प्रहार मोहमडुले बचाएका थिए ।

३६ औं मिनेटमा बुटवल अर्को सेट पीस अवसरमा अग्रता लिन चुक्यो । एरिक विष्टको कर्नरमा जिलेस्पीले गरेको हेडर ताहाले बचाएका थिए । त्यही क्षणमा सृजना भएको काउन्टरमा धनगढीले गोलको नजिक पुगेर पनि अग्रता लिन सकेन । पछिल्लो खेलमा निर्णायक गोल गरेका हिजाजीको क्रसमा अभिषेक गुरुङको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

निर्धारित हाफ सकिन पाँच मिनेट बाँकी छँदा फरवार्ड स्टेफन समीर विनोङको प्रहार ताहाले बचाए । विनोङले बल प्रहार गर्नुअघि धनगढीका कप्तान देवेन्द्र तामाङ र मिडफिल्डर रामचन्द्र वाजीले बक्सभित्रै ड्रिबल गरेका थिए ।

दोस्रो हाफको दास्रो मिनेटमै जिलेस्पीको प्रहारले गोल पोस्टको दिशा लिन सकेन । जिलेस्पीले विपक्षी मिडफिल्डर रामलाई बिट गर्दै करिब २० यार्डबाट लोअर शट प्रहार गरेका थिए । त्यसको पाँच मिनेटपछि बक्सभित्र जिलेस्पीले नै गरेको प्रहार ताहाले बचाए । यसपाली जिलेस्पीले सरोज तामाङको क्रस सदुपयोग गर्दै रक्षक कमल श्रेष्ठलाई बिट गरेका थिए ।

७२ मिनेटमा बुटवलले गोलको सुनौला अवसर खेर फाल्यो । राइट विंग्सबाट आइकोनिक खेलाडी आशिष लामाले दुई रक्षकलाई बिट गर्दै दिएको क्रस निगरानीमा नरहेका फरवार्डद्धय निराजन धामी र बिनोङले भेट्टाउन सकेनन् । त्यसको अर्को मिनेटमा भर्खरै मैदान प्रवेश गरेका अफिज ओलावालेको प्रहार बाहिरियो ।

निर्धारित समयको अन्तिममा बुटवलका दुई अवसर विफल भए । एरिकको प्रहार ताहाले बचाउँदा रिबाउन्डलाई आशिषले पोस्टको दिशा दिन सकेनन् ।

 

 

प्रकाशित मिति: December 1, 2023

कमेन्ट गर्नुहोस्

advertisment