युगान्डा टी २० विश्वकपमा, जिम्बाबे चट्

युगान्डा टी २० विश्वकपमा, जिम्बाबे चट्
0Shares

काठमाडौं, मंसिर १४ गते

सन् २०२४ मा हुने टी२० विश्वकपका लागि अफ्रिकी महाद्धिपबाट युगान्डा छनोट भएको छ।

युगान्डाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न लागेको हो। अफ्रिकी महादेशीय छनोट अन्तर्गत रुवान्डालाई विहिवार ९ विकेटले हराएपछि टोलीले ऐतिहासिक उपलब्धि हात पारेको थियो।

अफ्रिकी मूलुकबाट दुई टोली छनोट हुनेमा युगान्डा र नामिविया छानिएको छ।

युगान्डा छनोट हुँदा यता जिम्बाबे भने टी ट्वान्टी विश्वकपबाट आउट भएको छ। छनोट प्रतियोगितामा नामिबिया र युगान्डासँग पराजित भएपछि जिम्बाबेले विश्वकप पुग्ने मौका गुमाएको हो।

अफ्रिकाको यो नतिजा संगै टी २० विश्वकप खेल्ने २० टोलीको संख्या पुरा भएको छ।

सहआयोजक राष्ट्र अमेरिका र वेस्ट इन्डिज संगै  अष्ट्रेलिया, बंगलादेश, इङ्ल्याण्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, न्युजिल्याण्ड, नेदरल्याण्ड र अफगानिस्तान  सिधै विश्वकपमा छनोट भएका छन् ।

त्यस्तै महादेशीय छनोट बाट आएका देशहरुमा आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा रहेका छन्।

प्रकाशित मिति: December 1, 2023

कमेन्ट गर्नुहोस्

advertisment