म्याक्सवेलको अर्को जादूई इनिङ

म्याक्सवेलको अर्को जादूई इनिङ
0Shares

काठमाडौं । असार १२ गते

ग्लेन म्याक्सवेल के गर्छन् गर्छन्। सन् २०२३ मा त उनले आफ्नो ब्याटिङ जादूले धुम नै मच्चाइ रहेका छन्।

अफगानिस्तान विरुद्ध विश्वकप २०२३ मा उनले बनाएको २०१ रनको अविजित पारी त क्रिकेट जगतको कहिल्यै विर्सन नसकिने इनिङको रुपमा दर्ता भइसक्यो।

त्यहि प्रदर्शन र जितको जगमा अस्ट्रेलियाले विश्वकप नै जित्यो।

अहिले टी २० विश्वकपमा भारत विरुद्ध उनले फेरी आफ्नो ब्याटबाट शतकिय पारी खेल्दै त्यस्तै खाले अनुपम जित निकालेको छ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा घरेलु टोली भारतमाथि पाँच विकेटको जित निकालेको हो।

गुवाहटीस्थित बर्सापारा क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम बलमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

अस्ट्रेलियाका लागि म्याक्सवेलले ४८ बलमा समान आठ चौका र छक्काको मद्दतले अविजित १ सय ४ रनको योगदान गरे । यसैगरी ट्रभिस हेडले ३५, कप्तान म्याथ्यु वेडले अविजित २८, मार्कस स्टोइनिसले १७, आरोन हार्डीले १६ र जोश इङ्लिसले १० रन बनाए ।

म्याक्सवेलले छैटौं विकेटका लागि वेडसँग अविजित ९१ तथा चौथो विकेटका लागि स्टोइनिससँग ६० रनको साझेदारी गरे ।

भारतका लागि रवि विश्नोईले दुई तथा अर्शदीप सिंह, अक्षर पटेल र आवेश खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय २२ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि रुतुराज गायकवाड ले ५७ बलमा १३ चौका र सात छक्काको मद्दतले अविजित १ सय २३ रनको योगदान गरे । यसैगरी कप्तान सूर्यकुमार यादवले ३९ र तिलक वर्माले अविसजत ३१ रन बनाए ।

रुतुराजले चौथो विकेटका लागि तिलकसँग अविजित १ सय ४१ तथा  तेस्रो विकेटका लागि सूर्यकुमारसँग ५७ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि केन रिचर्डसन जेसन बेहरनड्रफ र आरोन हार्डीले समान एक विकेट लिए ।

यसअघि भारत दुई विकेट र ४४ रनले विजयी भएको थियो । शृंखलाको चौथो खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति: November 29, 2023

कमेन्ट गर्नुहोस्

advertisment