नेपालको सेमिफाइनल प्रतिद्धन्दी युएई

नेपालको सेमिफाइनल प्रतिद्धन्दी युएई
0Shares

काठमाडौै,  बैशाख ५ गते

लिगको अन्तिम खेल खेल्नु अगावै एसीसी प्रिमियर कपको समुह ‘ए ‘को शीर्ष स्थानमा रहिसकेकोले ढुक्क नेपालले वर्षाले प्रभावित लिगको अन्तिम खेलमा बुधवार साउदी अरेबलाई ६ विकेटले पराजित गरेको छ।

यो संगै ओमानमा जारी प्रतियोगितामा लिगको चारवटै खेल जित्दै नेपालले सेमिफाइनल खेल्नु अगाडि प्रशस्त आत्मविश्वास बटुलेको छ।

नेपालले सेमिफाइनलमा युएईसंग खेल्नेछ। आजै भएको अर्को खेलमा युएईले क्याम्बोडियालाई हराएर समुह बी को उपविजेता बनेको थियो।

अर्को सेमिफाइनल भने हङकङ र ओमान विच हुने भएको छ।

अघिल्लो रात परेको वर्षाका कारण अल अमेरत क्रिकेट मैदान २ को पिच भिजेपछि झन्डै साढे २ घण्टा ढिलो खेल शुरु भएको थियो।

जहाँ नेपाली कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोज्दै साउदी अरबलाई ७३ रनमा रोक्यो।

जवाफमा ७.२ ओभरमा ४ विकेट गुमाउँदै खेल आफ्नो पक्षमा पार्यो।

बलिङ

आठ ओभरको खेलका लागि प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामीलाई आराम दिँदै प्रतिश जिसीलाई प्लेइङ ११ मा मौका दिएका थिए।

छोटो ओभरको खेल भएकोले साउदी अरेवियाका खेलाडीहरुले शुरुआतदेखि नै आक्रामक रुप देखाउन थाल्यो।

पहिलो बल करण केसीलाई छक्का हान्दै फैसल खानले आक्रमणको संकेत दिए। तर अर्को बलमा करणले उनलाई कुशल मल्लबाट क्याच गराएपछि प्रतिस्पर्धा रोमाञ्चक देखियो।

करणले तेस्रो ओभरमा मोइन अलिलाई आउट गरे।

साउदी अरबबाट अब्दुल वाहिदले १६ बलमा ३७ रन बनाएर टोलीको स्कोर बनाउने एकमात्र खेलाडी बने।

बाँकी कुनै खेलाडीले पनि दोहोरो अंक बनाउन सकेनन्।

विपक्षी खेलाडीलाई आउट गर्ने क्रममा करण केसी र अविनाश बोहराले २/२ विकेट तथा ललित नारायण राजवंशी र प्रतिश जिसीले १/१ विकेट लिएका थिए।

साउदी अरबले कसिकसाउ बलिङ गर्दै नेपालका शुरुआती ब्याटरहरुलाई पवेलियन फर्काएपछि नेपालले जितको लागि भने संघर्ष गर्नुपर्यो।

कुशल भुर्तेल (० रन), आशिफ शेख (२ रन)र कुशल मल्ल (२ रन) ३ ओभर भित्र सस्तोमा आउट भएपछि खेलाडीहरु दवावमा परे।

दीपेन्द्र सिंह ऐरी पनि ९ बलमा १७ रन बनाएर आउट भए।

यस्तोमा फेरी एकपटक गुलशन झाले महत्वपूर्ण इनिङ खेल्दै अविजित ३२ रन बनाएर नेपाललाई जिताए।

 

 

प्रकाशित मिति: April 18, 2024

कमेन्ट गर्नुहोस्

advertisment