यु १९ टोलीमा गुलशन समावेश

यु १९ टोलीमा गुलशन समावेश
0Shares

काठमाडौं, असार १३ गते

अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै एसिसी यु-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ।

युनाइटेड अरब ईमिरेट्स (युएई) मा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोली  घोषणा गरेका हुन् ।

प्रशिक्षक टमाटाले टोलीमा तीन परिवर्तन गरेका छन् । विश्वकप छनोट र एसिसी प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक टोलीमा छैनन् ।

उनीहरुको स्थानमा गुल्सनसहित तिलकराज भण्डारी र ब्याटर विपिन रावल टोलीमा आएका छन् । तिलकले बागमती र विपिनले कर्णालीको सिनियर टोलीबाट खेलिसकेका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् । प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुने तालिका छ ।

नेपाली टोली

देव खनाल (कप्तान), गुलसनकुमार झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, , दीपेश कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तमरंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द

 

प्रकाशित मिति: November 29, 2023

कमेन्ट गर्नुहोस्

advertisment