जावलाखेलको अर्को शिकार मनाङ मर्स्याङदी

जावलाखेलको अर्को शिकार मनाङ मर्स्याङदी
0Shares

पोखरा,माघ १५ गते

मनाङ मर्स्याङदी क्लबका रणदीप पौडेलले गरेको नवौं पेनाल्टी प्रहारलाई गोलरक्षक युनेश चौधरीले बचाएपछि जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

पहिलो खेलमा मच्छिन्द्र क्लबलाई पराजित गरेको जावलाखेको यो दोस्रो सनसनीपूर्ण जित हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिनु तथा अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल रोमाञ्चक टाइब्रेकरमा धकेलिएको थियो।

निर्धारित खेलमा भने दोस्रो हाफमा हिसुब थपलियाको गोलमा जावलाखेलले खेलमा अग्रता लिएको थियो। ५५ औं मिनेटमा हिशुबले मनाङका किपर जियारथ शेखलाई बचाउने कुनै अवसर नदिई गोल गरे। तर खेल सकिन १ मिनेट बाँकी हुंदा राजेश परियारले मनाङका लागि गोल गरेपछि खेल टाइब्रेकर सम्म पुग्यो।

प्रकाशित मिति: January 29, 2024

कमेन्ट गर्नुहोस्

advertisment