रात्रिकालिन टेबल टेनिस हुंदै

रात्रिकालिन टेबल टेनिस हुंदै वीरगंजको रक्षकलाई छिचोल्ने प्रयास गर्दै धनगढी सिटी एफसीका खेलाडी(पहेलो जर्सी) तस्विर: उज्वल डंगोल
0Shares

काठमाडौं, मंसिर १० गते

ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पाँचौं संस्करण मंसिर १२ देखि १६ सम्म हुने भएको छ ।

ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पाखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजमा हुने प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन गरिने छ।

मुल आयोजक समितिका संयोजक नदिम रत्न शाक्यले प्रतियोगितामा विभिन्न १६ वटा इभेन्टसहरु समावेश गरिएको र त्यसमा ललितपुरका २९ वडाबाट ५ सय भन्दा वढी खेलाडीले सहभागिता जनाउने आइतबार पत्रकार सम्मलेनमा जानकारी दिए।

प्रतियोगितामा महिला/ पुरुष एकल, डबल्स, टिम, जुनियर ब्वाइज/ गर्ल्स सिंगल (यु १२), यु १६ जुनियर ब्वाइज/ गर्ल्स (कक्षा १० भन्दा कम), भेट्रान महिला / पुरुष एकल (४० वर्ष भन्दामाथि), भेट्रान पुरुष एकल ५० र ६० वर्षभन्दामाथि तथा स्थानिय एकल (खोल्चा पुखु उप समिति) विधा समावेश गरिएको छ ।

ललितपुरमा विगतमा रात्रीकालिनमा हुने टेबल टेनिसको संस्कार जोगाउन उक्त प्रतियोगिताको आयोजना पाँच वर्ष अगाडीबाट पुन: थालिएको मूल आयोजक समितिका महासचिव राजेन्द्र बज्राचार्यले बताए।

प्रतियोगितामा महिला/ पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारसहित प्रमाण पत्र र मेडलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसैगरी पहिलो हुनेलाई ट्रफी पनि प्रदान गरिनेछ ।

कुल ३ लाख ५० हजार  रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

जसमा आयोजक वडा नम्वर ११ ले रु १० लाख रुपैंया तथा ललितपुर उपमहानगर पालिका र अन्य प्रायोजकबाट प्राप्त हुने जनाइएको छ।

प्रकाशित मिति: November 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment