नेपाल सुपर लिगःपोखरा र ललितपुरको शानदार शुरुआत

नेपाल सुपर लिगःपोखरा र ललितपुरको शानदार शुरुआत गोल गरेपछि ललितपुर सिटी एफसीका खेलाडीहरुको खुशी
0Shares

काठमाडौं, मंसिर ९ गते

पोखरा थन्डर्स र ललितपुर एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको पहिलो खेलमा जित निकालेका छन्।

पोखराले एफसी चितवनलाई १-० ले तथा ललितपुरले बुटवल लुम्बिनी एफसीमाथि २-० को जित निकालेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पोखरालाई जित दिलाउन मोसेस ग्याबह ट्वामले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटमा स्टेफन कोजोको पासलाई पोस्टको दिशा दिएका थिए ।

त्यसअघि ६० औं मिनेटमा पोखराका कप्तान दिनेश राजवंशीले गोल गरे पनि अफ साइड रहँदा त्यसले मान्यता पाएन ।  ७७ औं मिनेटमा आयुश घलानको प्रहारलाई चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

अर्को खेलमा ललितपुर सिटी एफसीका लागि दिनेश हेन्जन र कप्तान अनन्त तामाङले गोल गरे ।

खेलको २६ औं मिनेटमा दिनेशको गोलमार्फत लिलितपुरले अग्रता लिएको थियो । अनन्तको लामो पासमा पापा केबेले नियन्त्रणमा लिएर गरेको प्रहार बुटवलका रक्षक अर्नेस्ट टेम्पीले क्लियर गर्दा प्राप्त बललाई दिनेशले सहजै पोस्टको दिशा दिए ।

पाँच मिनेटपछि नै अनन्तले टोलीको अग्रता दोब्बर बनाए । अनन्तले अनिल महर्जनको कर्नरमा हेडमार्फत गोल गरे ।

७४ औं मिनेटमा निकोलस सर्ज सङको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा बुटवलले गोल अन्तर कम गर्ने अवसर गुमायो ।

८१ औं मिनेटमा बुटवलका चन्दन दासको क्रसमा स्टेफन बिनोङको फ्री हेडर पोस्ट माथिबाट बाहिरियो ।

 

 

 

 

प्रकाशित मिति: November 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment