क्रोयसिया युरो २०२४ मा छनोट

क्रोयसिया युरो २०२४ मा छनोट
0Shares

एजेन्सी, मंसिर ६ गते

क्रोएसियाले युरो २०२४ मा स्थान पक्का गरेको छ। मंगलवार घरेलु मैदानमा भएको खेलमा क्रोयसियाले अर्मेनियालाई १–० ले हराउँदै युरोमा प्रवेश गरेको हो।

घरेलु मैदान जाग्रेबमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिरले ४३ औं मिनेटमा निर्णायक गोल गरेका थिए। क्रोएसियाले सन् २००४ पछि लगातार युरोमा स्थान बनाउँदै आएको छ।

टोलीलाई जित दिलाउन ३८ वर्षिय लुका मोड्रिकले प्रशंसनिय प्रदर्शन गरे। जाग्रेब रंगशालामा उपस्थित १५ हजार दर्शकका माझ मिडफिल्डमा उनी पूरै छाएका थिए।

युरोको समूह ‘डी’ मा १७ अंक भएको टर्की शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको क्रोयसिया १६ अंकका साथ दोस्रो स्थानमा रहेर युरोमा स्थान बनायो। अब १२ अंकको वेल्सले भने प्लेअफ खेल्नुपर्ने भएको छ । अर्मेनिया र लात्भिया समूह चरणबाट बाहिरिए।

विश्वकप फुटबलमा सेमी फाइनल र फाइनल सम्म पुगेपछि युरोमा क्रोयसिया क्वार्टर फाइनल भन्दा माथी उक्लिन सकेको छैन।

मंगलवार राती नै भएको अर्को खेलमा वेल्स र टर्कीले १–१ गोलको बराबरी खेलेका थिए।

 

 

प्रकाशित मिति: November 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment