श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यु १९ विश्वकप क्रिकेट

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यु १९ विश्वकप क्रिकेट
0Shares

एजेन्सी, मंसिर ६ गते

श्रीलंकामा तय भएको आइसिसी यु १९ विश्वकप त्यहाँबाट सरेर दक्षिण अफ्रिकामा आयोजना हुने भएको छ।

आइसिसीले यसै हप्ता श्रीलंका क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि त्यहाँ हुने सबै खाले अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिलाई अन्त सारेको हो।

यु १९ विश्वकप सन् २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म हुने तय छ ।

विश्वकपमा छनोट भइसकेको नेपाल समूह ‘डी’ मा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डको समुहमा छ। नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने छ ।

प्रतियोगिताको समुह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड tyf समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।

नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब ईमिरेट्स (युएई) लाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: November 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment