विश्वकप छनोट: युएई  ४- नेपाल ०

विश्वकप छनोट: युएई  ४- नेपाल ०
0Shares

दुबई, एजेन्सी, कात्तिक ३०

खेलमा युएईले तीन सेटपीस अवसरलाई गोलमा परिणत गर्दा एक गोल काउन्टर अट्याकमा गर्यो । उसका लागि कप्तान अली एहमद माबखाउतले दुई तथा खलिफा मुबारक अलहमादी र फाबियो लिमाले समान एक गोल गरे ।

खेलको सुरुआती मिनेट देखि नै नेपालमाथि आक्रमक देखिएको युएईले दशाैं मिनेटमा पहिलो गोल गर्यो । फरवार्ड अलि सालेह आम्रोको क्रसमा पेनाल्टी बक्सभित्र रहेका रक्षक अलहमादीको सहज हेडर गोलमा परिणत हुँदा युएईले अग्रता बनाएको हो । आम्रोले यसअघि मिडफिल्डर अबदल्ला रमादन बेखितको क्विक कर्नरको सदुपयोग गरेका थिए ।

खेलका दौरान चोट बोक्न पुगेका लाकेन लिम्बुको स्थानमा आएका अम्रित श्रेष्ठले ३८ औं मिनेटमा पेनाल्टी बक्सभित्र बेखितलाई लडाएपछि युएईले पेनाल्टी पाएको थियो । जसलाई कप्तान माबखाउतले कुनै गल्ती गरेनन् ।

खेलको तेस्रो गोल पनि कर्नरको सदुपयोगबाट भएको हो । नेपाली रक्षकको तालमेल नमिल्दा निर्धारित पहिलो हाफ सकिन एक मिनेट बांकी छँदा कप्तान माबखाउतको सहज हेडर गोलमा परिणत भयो । इन्ज्युरी समयमा लिमाले बेखितको क्रसमा काउन्टर अट्याकमा वान टच गोल गरे ।

८१ औं मिनेटमा मनिष डांगीको शक्तिशाली प्रहार युएईका गोलकिपर खलीद एइसा अल्मेस्मारीले बचाए । त्यसको पाँच मिनेटपछि क्यानिडो कोरियाको प्रहार नेपाली गोलकिपर किरण चेम्जोङले बचाए । रिबाउन्डमा कुनै खतरा हुन नदिएका रोहित चन्दले बललाई क्लियर गर्दा युएई थप गोल गर्न असफल रह्यो ।

निर्धारित समयको अन्तिम मिनेटमा कोरिया गोल गर्नबाट फेरि चुके । तहनुन अलजाबीको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका कोरियाको हेडर बाहिरिन पुग्यो ।

यही खेलमार्फत नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । सुरुआती एघारमा स्थान बनाएका रक्षक छिरिङ गुरुङ डेब्यु गर्ने पहिलो खेलाडी थिए । त्यसपछि दोस्रो हाफमा अमृत श्रेष्ठलाई प्रतिस्थापन गरेका अर्का रक्षक योगेश गुरुङ डेब्युको अवसर पाउने अर्का खेलाडी बने । त्यस्तै ८५ औं मिनेटमा छिरिङको स्थानमा आएका अन्जन राईले पनि अन्तराष्ट्रिय फुटबलमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरे ।

नेपालले नोभेम्बर २१ मा दोस्रो चरणको दोस्रो खेलमा यमनको सामना गर्नेछ । उक्त खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति: November 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment