म्यानमारसंग नेपालको हार

म्यानमारसंग नेपालको हार
0Shares

काठमाडौं । नेपाल घरेलु टोली  म्यानमारविरुद्धको दोस्रो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको छ ।

थुउन्ना रंगशालामा सोमबार सम्पन्न खेलमा विन नाइङ्ग थुले गरेको एक मात्र गोल म्यानमारलाई जित दिलाउन पर्याप्त बन्यो । थुले कप्तान एमजी एलविनको पासलाई सदुपयोग गरेका थिए ।

दुवै टोलीले पाएका केही अवसरलाई सदुपयो गर्न सकेनन् । १९ औं मिनेटमा आयुष घलानले अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल अग्रता लिन चुक्यो । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

यही खेलमार्फत नवयुग श्रेष्ठले आफ्नो ५० औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् ।  पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै त्रिभुवन आर्मी फुटबल क्लब दिनेश हेन्जनले यही खेलमार्फत अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेका छन्। हेन्जन ८३औं मिनेटमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

नेपालले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।

प्रकाशित मिति: September 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment