तेक्वान्दो खेलाडीहरुको पीडा

तेक्वान्दो खेलाडीहरुको पीडा
0Shares

काठमाडौं भदौ २५ गते

नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा आगामी भदै २७ गतेबाट काठमाडौंमा ११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२३ को आयोजना हुंदैछ।

तर उक्त प्रतियोगितामा ५० भन्दा वढी तेक्वान्दो खेलाडिहरुले भने सहभागिता जनाउन पाएनन्। नेपाल तेक्वान्दो संघले निकालेको सुचना अवधिमै खेलाडिहरु नाम दर्ता गर्न सातदोबाटो स्थित तेक्वान्दो कार्यालयमा पुगे। तर संघले ती खेलाडिहरुको नाम दर्ता गर्न मानेनन्। र उनीहरु प्रतियोगिता खेल्नबाट वञ्चित हुन पुगे।

यो घटना संगै तेक्वान्दो खेलाडिहरु कसरी संघ र प्रशिक्षकहरु विचको लडाईको मारमा परिरहेका छन् भन्ने उदाहरण बाहिरिएको छ।

सोमवार प्रतियोगिता खेल्न वञ्चित खेलाडीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरु कसरी प्रतियोगिता खेल्नवाट वर्जित हुंदै आएको वास्तविकता वयान गरे।

घटना अनुसार नेपाल तेक्वान्दो संघले ११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि नाम दर्ता गर्न संघको फेसबुक पेजमा आह्वान गरेको थियो।

संघले दिएको समय भदौ ४ गते भित्र खेलाडीहरु नाम दर्ता गर्न संघको कार्यालय पुगेका थिए।

पत्रकार सम्मेलनमा उपस्थित खेलाडी मानदेव भाट क्षेत्रीले भने- ” तर हामीलाई विभिन्न वहाना बनाउँदै नाम दर्ता गर्न मानेन। ”

संघले पटक पटक निकालेको सुचना अनुसार नाम छुटेका खेलाडीहरुलाई दर्ता गर्न फेरी भाद्र १७ गते सम्मको समय दिइएको थियो। तर पनि ती खेलाडीहरुको दर्ता भने गरिएन।

पत्रकार सम्मेलनमा उपस्थित अर्का तेक्वान्दो खेलाडी एलिस ठकुरीको गुनासो गर्दै भने  -” जति प्रयास गरेपनि हाम्रो नाम दर्ता गर्न मानेन। किनकी हामी तेक्वान्दो संघको विरोध गरिरहेका डोजाङका खेलाडी थियौं।”

नेपालमा दुईवटा तेक्वान्दो संगठन छ। तेक्वान्दो संघको विषयमा लामो समयदेखि विवाद चर्किरहेको अवस्था छ। राष्ट्रिय खेलकुद परिषदले दुई तेक्वान्दो लाई एक बनाएर तेक्वान्दो महासंघ गठन गर्ने प्रकृया समेत थालेको थियो।

तर विवादमा परेको राखेपको सो निर्णय विपरित अदालत पुगेर नेपाल तेक्वान्दो संघले मुद्दा जितेको अवस्था छ। त्यसैले संघले आफू विरोधी गतिविधि गर्ने प्रशिक्षक र तेक्वान्दो डोजाङमा प्रशिक्षण लिइरहेका खेलाडीहरुलाई प्रतियोगितामा भाग लिनबाट रोक्दै आएको पीडित खेलाडिहरु बताउछन्।

पत्रकार सम्मेलनमा एम्बेसडर कप खेल्न नपाएका खेलाडीहरु अप्सरा जिरेल, रविन मगर, उद्धव पौडेल, एलिस ठकुरी र मानदेव ड्यासमा थिए भने बाँकी थुप्रै खेलाडिहरु पनि उपस्थित थिए।

उद्धव पौडेलले भने – ” मैले अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस फेडेरेशन (आइएसएफ) को तेक्वान्दोको छनोट खेलेको थिएँ। उक्त तस्विर देखेपछि तेक्वान्दो संघले विरोधी संस्थामा खेलेको भन्दै  एसियन गेमको छनोटमा खेल्न दिएन। प्रतियोगिता खेल्नुमा हाम्रो के दोष? ”

एसियन गेम्सको छनोट खेलेका एलिस ठकुरीले खेलाडीहरुलाई संघले विभेद गरेको भन्दै माथिल्लो राजनीतिमा खेलाडिहरु मारमा नपार्न अनुरोध गरे।

उनले भने – ” माथी माथी के हुन्छ हामीलाई त्यसमा चासो हुन्न। माथी जे जस्तो झगडा भएपनि हामी खेलाडीहरुलाई अन्यायमा पार्नु भएन। हामीलाई खेल्न दिनुपर्यो। ”

एलिस कोटेश्वर तेक्वान्दो डोजाङमा प्रशिक्षणरत छन्। उक्त डोजाङमा प्रमुख तथा तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ र तेक्वान्दो संघ विच मनमुताव भएकोले कोटेश्वर डोजाङका खेलाडीहरुलाई संघले खेल्न नदिएको खेलाडीहरुको गुनासो छ।

कोरिएन एम्वेसडर कपमा दर्ता नपाएका खेलाडीहरु कोटेश्वर डोजाङ जस्तै तेक्वान्दो संघले नरुचाएका अन्य डोजाङका खेलाडीहरु हुन्।

 

 

 

प्रकाशित मिति: September 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment