भलिवल खेलाडीलाई मासिक तलबको ब्यवस्था शुरु

भलिवल खेलाडीलाई  मासिक तलबको ब्यवस्था शुरु
0Shares

काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई मासिक रूपमा पारिश्रमिक दिने भएको छ ।

संघले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टोलीमा रहेका समान १२ महिला तथा पुरुष खेलाडीले मासिक ५ हजार पारिश्रमिक पाउने जनाकारी दियाे ।

साेही अवसरमा खेलाडीलाई सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाको पारिश्रमीक दिइएको थियो । नेपाली भलिबल खेलाडीले पहिलाे पटक मासिक पारिश्रमीक पाएका हुन् ।

अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र विजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमीकको व्यवस्था गरिएको हो ।

अहिले नेपाली भलिबल टाेली चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली महिला टोली पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जानाउन लागेको हो ।

खेलाडीलाई मासिक तलब दिने भलिबल संघ चौथो हो । फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । यसैगरी बुद्धीचालका पुरुष तथा महिलातर्फ शीर्ष वरियताका खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।

प्रकाशित मिति: September 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment