नेयमार पनि कमाउन खाडी तिर

नेयमार पनि कमाउन खाडी तिर
0Shares

sharethis sharing button

काठमाडाैं ।  साउदी प्रो-लिगको क्लब अल हिलालले ब्राजिलियन फरवार्ड नेयमार अनुबन्ध गरेको छ । अल हिलालले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमारलाई ९० मिलियन युरोमा भित्र्याएको हो ।

अल हिलाल र नेयमारबीच दुई वर्षको सम्झौता भएको छ । नेयमारले मेडिकल टेस्ट पूरा गरिसकेका छन् । अबको केही दिनमा सबै कागजी प्रक्रिया पनि सकिने बताइएको छ ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी भित्रिएका नेयमारले पिएसजीका लागि १ सय १२ फ्रेन्च लिग वान खेलमा ८२ गोल गरेका छन् ।

नेयमार यो सिजन अल हिलाल भित्रिने चौथो खेलाडी हुन् । यसअघि अल हिलालले रुवेन नेभेस, कालिडो काउलीबाली र माल्कोमलाई अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति: August 14, 2023

कमेन्ट गर्नुहोस्

advertisment