अस्ट्रेलिया सेमिफाइनलमा

अस्ट्रेलिया सेमिफाइनलमा
0Shares

ब्रिसबेन, एजेन्सी

आयोजक राष्ट्र अष्ट्रेलिया महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार फ्रान्सलाई हराउँदै अष्ट्रेलियाले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

फ्रान्सलाई हराउने क्रममा अष्ट्रेलियाले सडनडेथकै साहारा लिन पर्यो । उसले सडनडेथमा फ्रान्सलाई ७–६ ले पराजित गर्यो ।

ब्रिसबेनमा निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

अष्ट्रेलियाले फाइनल प्रवेशका लागि इङ्ल्याण्ड र कोलम्बिया बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति: August 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment