नेपाल क्लाइम्बिङ स्पोर्टस संघमा पुन: धरेल

नेपाल क्लाइम्बिङ स्पोर्टस संघमा पुन: धरेल
0Shares

काठमाडौं , श्रावण २९ गते। नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन (एनसीएसए) को नेतृत्वमा हरिप्रसाद धरेलले निरन्तरता पाएका छन् ।

संघको छैटौं अधिवेशनबाट धरेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ निर्वाचित हुँदा ल्हाक्पा शेर्पा उपाध्यक्षमा मनोनित भएका हुन् ।

महासचिव सन्तोष मादेन, सचिवहरु सुजित कंडेल र सन्जिव गुरुङ, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्ष प्रणिलमान श्रेष्ठ, सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि, शिव बहादुर सापकोटा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकारमा प्रेमनारायण अधिकारी मनोनित गरेको छ ।

 

प्रकाशित मिति: August 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment