नुवाकोट क्रिकेटमा पाठक निर्विरोध

नुवाकोट क्रिकेटमा पाठक निर्विरोध
0Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठक नुवाकोट जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः चयन भएका छन् ।

संघको आइतबार सम्पन्न साधारणसभा तथा अधिवेशले पाठकलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

क्यानको केन्द्रीय कार्यसमिति चुनाव नजिकिँदै गर्दा जिल्लामा पनि पदाधिकारी छनोटले तिब्रता पाएको छ । त्यही क्रममा नुवाकोट जिल्ला क्रिकेट संघको पनि अधिवेशन भएको हो ।

क्यानको कार्यसमिति चयनका लागि असोजमा चुनाव गर्ने तयारी छ ।

प्रकाशित मिति: August 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment