महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा, तीन नयाँ अनुहार

महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा, तीन नयाँ अनुहार
0Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकपको एशिया छनोटको लागि नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

रुवी पोदार, खुसी डंगोल र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएकी छिन् ।

विश्वकपको एशिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ ।

एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।

नेपाली टोली 

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल,कविता कुँवर,कविता जोशी, पूजा महतो,सम्झना खड्का,ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल

 

प्रकाशित मिति: August 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment