रोनाल्डो प्रेरित अल हिलाल च्याम्पियन

रोनाल्डो प्रेरित अल हिलाल च्याम्पियन
0Shares

काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन प्रेरित साउदी प्रो क्लब अल नासरले अरब क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार राति साउदीकै अर्को क्लब अल हिलाललाई २–१ ले हराउँदै अल नारस च्याम्पियन भएको हो । अल नारसको जितमा कप्तान रोनाल्डोले दुबै गोल गरेका हुन् । अल हिलालले खेलको ५१औं मिनेटमा माइकलको गोलमार्फत अग्रता बनाएको थियो ।

खेलको ७४औ मिनेटमा रोनाल्डोले बराबरी गोल गरे । ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा थकेलिएको थियो । रोनाल्डोले आठ मिनेटमै गोल गर्दै अल नासरको जित पक्का गरेका हुन् ।

यसअघि ७१औं मिनेटमा अबदुल्लाह अल एम्रीले रातो कार्ड बेहोर्दा अल नासर १० खेलाडीमा सिमित बनेको थियो ।

 

प्रकाशित मिति: August 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment