दीपकराज पनि लागे अस्ट्रेलिया

दीपकराज पनि लागे अस्ट्रेलिया
0Shares

काठमाडौं, श्रावण २४ गते

राष्ट्रिय फुटबल टोलीको भविष्यका उत्कृष्ट खेलाडी बन्ने विश्वास गरिएका युवा खेलाडी दीपकराज सिंह ठकुरी अस्ट्रेलिया लागेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोली तथा सातदोबाटो युवा क्लबका फरवार्ड दीपक सिंहले गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १२ गोल गोल गर्दै नेपाली खेलाडीमध्ये सर्वाधिक गोलकर्ता बनेका थिए।

त्यस्तै राष्ट्रिय टोलीमा परेको पहिलो खेलमा उनले भुटान विरुद्ध डेब्यु गोल गरेका थिए। गत चैतमा थ्री नेसन्स कपमा लाओसविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यहि प्रतियोगितामा उनले गोल गरेका हुन्।

भारतमा सम्पन्न साफ च्याम्पियनसिप २०२३ को टोलीमा परे पनि दीपकले खेल्ने मौका भने पाएनन् ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अक्टोबरमा हुने विश्वकप छनोटका लागि घोषित प्रारम्भिक टोलीमा उनलाई समेटेका थिएनन् ।

प्रकाशित मिति: August 9, 2023

कमेन्ट गर्नुहोस्

advertisment