राष्ट्रिय टिमसंग जान दुईलाई मात्र स्वीकृति, तर थप ८ जना उडे

राष्ट्रिय टिमसंग जान दुईलाई मात्र स्वीकृति, तर थप ८ जना उडे
0Shares

काठमाडौं, चैत ६ गते ।
बहराइनमा चैत ८ र १३ गते हुने फिफा विश्वकप २०२६ को छनोट चरणको प्रतियोगितामा खेलाडीसहित अनिवार्य सहभागी हुनु पर्ने टोलीमा २ जनालाई मात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिएको छ ।

एन्फाले अनुरोध गरेको मध्ये टिम डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई सहभागिताका लागि स्वीकृति दिइएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जनाएका छन् ।

तर एन्फाले छनोट गरेका थप ८ जना पदाधिकारीहरु भने बहराइन उडिसकेको बताइएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त छनोट प्रतियोगितामा जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो ।

४१ सदस्यीय टोलीमा १० जना भने प्रतियोगितामा सहभागी हुन अनिवार्य नदेखिएले राखेपले एन्फालाई ध्यानाकर्षण गराइसकेको थियो । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा परिणाममुखी आवश्यक तयारी गरी सशक्त राष्ट्रिय टिम बनाउन जोड दिनु पर्नेमा आवश्यकता नै नदेखिएको क्षेत्रमा थप आर्थिक व्ययभार हुने अवस्था कुनैपनि कोणबाट सहि नभएकोले राखेपले १० जनाको स्वीकृति नदिएको हो ।

प्रकाशित मिति: March 19, 2024

कमेन्ट गर्नुहोस्

advertisment