नेपाली पोस्टमा वहराइनको ५ गोल

नेपाली पोस्टमा वहराइनको ५ गोल
0Shares

काठमाडौं, चैत ९ गते

फिफा विश्वकप २०२६ छनोटमा बहराइनसंग विहिवार राती सम्पन्न खेलमा नेपाली टोली बहराइनसँग ५–० ले पराजित भएको छ।

वहराइनको रिफास्थित बहराइन राष्ट्रिय रंगशालामा नेपालले होम म्याचको रुपमा खेलेको खेलमा बहराइनले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल थपेको थियो।

बहराइनलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादन,  इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले गोल गरेका हुन्।

समूह ‘एच’ मा नेपालले लगातार तेस्रो खेलमा हार ब्यहोरेको हो। यसअघि नेपाल युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो। बहराइनको भने दोस्रो जित हो ।

खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले गोल गर्दै वढी भन्दा वढी गोल गर्ने मुड देखाएको थियो।

दोस्रो गोल नवौं मिनेटमा भयो । २९ वर्षीय रक्षक सायद बाकरले सिक्स यार्ड बक्सबाट सहज गोल गरे । वालिद अल हायमको कर्नरमा रक्षक सनिस श्रेष्ठले क्लियर नगरेको बललाई बाकरले गोल गरेका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल भयो । गोलकिपर किरणले बचाएपछि अली मादनको हेडर गोल हुन पुगेको थियो । ८७औं मिनेटमा बहराइनका इब्राहिमले चौथो गोल गरे । हाजा अलीले मिलाएको क्रसलाई बक्सभित्रबा इब्रामिहले हेडर गोल गरेका हुन् ।

इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै इस्मीलले चौथो गोल गरेका हुन् । बहराइनका खेलाडीलाई बक्सभित्र लाकेन लिम्बूले लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले बहराइनलाई पेनाल्टी अवसर दिएका हुन् ।

यसअघि खेलको १६औं मिनेटमा १३ गोलको कीर्तिमान बराबर गरेको अञ्जन विष्ट घाइते हुँदा मैदान छाडेका थिए । उनको स्थानमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टाे एनेसले दिनेश हेम्जनलाई मैदान पठाए ।

यसै खेल मार्फत राष्ट्रिय टोलीमा अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित), समीर तामाङ र सन्जिव विष्टले राष्ट्रिय टोलीका लागि ‘डेब्यू’ गोल गरेका हुन्।

सन्जिव बाहेक बाँकी तीनै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए ।

रक्षक अभिषेक लिम्बुले पहिलो पहिलो रोजाइमै डेब्यू गरे । यस्तै रक्षक सौभाग्य दोस्रो हाफमा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । युवा फरवार्ड समिरले ७९औं मिनेटमा हिसुब थपलियाको स्थान लिए । तर उनले धेरै समयम मैदानमा बिताउन भने पाएनन्।

समिरकै स्थान लिँदै फरवार्ड सन्जिवले ८८औं मिनेटमा डेब्यू गरे।

प्रकाशित मिति: March 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment