क्रिकेट टोलीले कराँचीमा अभ्यास खेल खेल्ने

क्रिकेट टोलीले कराँचीमा अभ्यास खेल खेल्ने
0Shares

काठमाडौं, श्रावण २४ गते

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ।

पाकिस्तानको समा न्युजका अनुसार नेपाली टोली भदौ ५ मा कराँची पुग्नने छ ।

समा न्युजका अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई एसिया कपअघि पाकिस्तानमा अभ्यासको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो।

उक्त अनुरोधलाई पिसिबीले स्विकार गर्दै नेपाललाई कराँचीमा अभ्यास खेल खेल्ने व्यवस्था मिलाइदिएको हो । नेपालले भदौ ९ सम्म कराँचीमा प्रशिक्षण गर्नेछ। त्यहाँ स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

नेपाली टोली भदौ  १० गते मुल्तान पुग्नेछ। नेपाल र पाकिस्तानबीचको एसिया कपको पहिलो खेल भदौ १३ मा मुल्तानमा हुनेछ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै छ ।

भारत र पाकिस्तानको राजनीतिका तनावका कारण एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा हुनेछ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: August 9, 2023

कमेन्ट गर्नुहोस्

advertisment