पारोको तगारो पन्छायो मच्छिन्द्रले, अब मोहन बगानसंग खेल्ने

पारोको तगारो पन्छायो मच्छिन्द्रले, अब मोहन बगानसंग खेल्ने
0Shares

काठमाडौं, श्रावण  २४ गते

एक रोमाञ्चक खेलमा भुटानको पारो एफसीमाथि ३-२ ले पन्छाउँदै मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

यो संगै मच्छिन्द्रले अब दोस्रो चरणमा भारतको मोहन बगानको सामना गर्नेछ।

दशरथ रंगशालामा मंगलबार मछिन्द्रको जित स्वादिलो रह्यो। भुटानी प्रतिद्बन्दीले निकै चुनौती दिएको खेलमा नेपाली टोलीका लागि  विमल घर्ती मगर, आयुष घलान र अ‍ोलावाले आफिजले गोल गरे।

पारोको तर्फबाट इभन्स असान्तेले एक गोल गरे भने अर्को गोल आत्मघातीबाट पाएको थियो।

खेलको आठौं मिनेटमा मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठबाट आत्मघाती गोल हुन पुग्दा पारोले अग्रता लिएको थियो । यशी दोर्जीले दिएको पासमा काजुओको प्रहारलाई विशालले बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै बलले जाली चुमेको थियो ।

तर पारोको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । १२अ‍ौं मिनेटमा आयुषको क्रसलाई विमलले हेडर गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि नै विमलले पेनाल्टी बक्स भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गर्दै मछिन्द्रलाई २-१ ले अगाडी बढाएका थिए।

३९अ‍ौं मिनेटमा ओमोलाज करिमको क्रसलाई आफिजले हेडमार्फत गोल गर्दा मछिन्द्रले पहिलो हाफमा ३-१ को अग्रता लियो ।

तर दोस्रो हाफमा मच्छिन्द्रको प्रदर्शन प्रभावकारी देखिएन।

७१अ‍ौं मिनेटमा  असान्तेले गोल गर्दै पारोलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि पनि पारोले निरन्तर दवाव दिइ नै रहेको थियो।

तर मच्छिन्द्रका खेलाडीहरुले पारोको तगारो रोक्न सफल देखिए।

९०अ‍ौं मिनेटमा असान्टेको क्रसमा काजुअ‍ोकले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशालले बचाउँदा पारोले बराबरी गर्ने अवसर गुमाएको थियो।

इन्ज्युरी समयमा आशिष चौधरीले मिलाइ दिएको बललाई विमलले खाली पोस्टमा गोल गर्न सकेनन्।

मछिन्द्रले अब दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ ।

प्रकाशित मिति: August 9, 2023

कमेन्ट गर्नुहोस्

advertisment