एसिया यु-२० रग्वी भदौको पहिलो साता

एसिया यु-२० रग्वी भदौको पहिलो साता
0Shares

श्रावण १८ गते
एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा एशिया रग्वी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाण्डौमा आयोजना हुने भएको छ ।
संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएका छन् । यस्तै महिला तर्फ नेपाल, थाईल्याण्ड र मलेसियाको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ । लिगमा पहिलो र दोश्रो हुने टिमका विच उपाधीका लागि प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको बिजयी टिमले एशिया रग्वीको ट्रफी प्राप्त गर्नेछन् । प्रत्यक्ष प्रसार हुने प्रतियोगितालाई एशिया रग्वी संग अनुवन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलङकन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिईरहेको पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।
यसै क्रममा नेपाल रग्वी संघ र गोक्योविच एक आपसमा सहयोग गर्ने गरि सम्झौता भएको छ । जसमा गोक्योले रग्वी खेलाडीहरुका लागि खेल पोशाक, ट्रायक सुट र खेल सामाग्री उपलब्ध गराउने छ । नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यसैगरि संघले भक्तपुर ईन्टरनेशनल हस्पिटल संग पनि सम्झौता गरेको छ । संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजी कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रकाशित मिति: August 3, 2023

कमेन्ट गर्नुहोस्

advertisment