नासामा दशरथ निर्विरोध

नासामा दशरथ निर्विरोध
0Shares

काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल)ले दशरथ रिसालको अध्यक्षतामा निर्विरोध नयाँ  कार्यसमिति चयन गरेको छ ।

शनिबार संघको चुनावी साधारण सभाले २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचन प्रकृयाबाट वरिष्ठ उपाध्यक्षमा डा बुलन्द थापा, उपाध्यक्षहरुमा सिताराम न्यौपाने, अनिल बराल निर्विरोध निर्वाचित रहे । महासचिव पदमा शुशिल तण्डुकार, सचिवमा सन्तोष न्यौपाने र निरज खड्का क्षेत्री निर्विरोध रहे ।

कोषाध्यक्षमा धान्यमणि नेपाल र सदस्य पदमा श्रमिक, सञ्जु बज्राचार्य, प्रज्ञा, भिक्ट्री थापा, यदुराज लामिछाने निर्विरोध निर्वाचित रहे ।

यस्तै, नयाँ कार्यसमितिले सचिवमा महेश अधिकारी, बिनोद तण्डुकार, दिपप्रश शाक्यलाई मनोनयन गर्यो भने सह कोषाध्यक्षमा कमला क्षेत्री र सदस्यमा चादमाला मास्के, मिङ्मा डोल्मा, सञ्जय बराललाई मनोनित गरेको छ ।

अब कार्यसमिति बैठकले तीन जना सदस्य र राखेपबाट दुई सदस्य गरि ५ कार्यसमिति मनोनित हुन बाँकी छ ।

नेपालमा मोटरस्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालले चुनावी साधारण सभामार्फत नयाँ कार्यसमिति चयन गरेको हो । संघको साधारण सभालाई राखेप सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: July 30, 2023

कमेन्ट गर्नुहोस्

advertisment