एल क्लासिको युद्धमा बार्सिलोनाको शानदार जित

एल क्लासिको युद्धमा बार्सिलोनाको शानदार जित
0Shares

अमेरिका, एजेन्सी, श्रावण १४

सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियाल मड्रिडलाई ३–० ले पराजित गरेको छ । अमेरिका भ्रमणमा रहेका दुबै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो ।

बार्सिलोनाले खेलमा पकड बनाएपनि रियालले काउन्टर आक्रामण गर्दै अन्तिम समयसम्म खेल रोमाञ्चक बनायो । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

रियालका स्ट्राइकर भिनिसियस जुनियरले पहिलो हाफमा पाएको पेनाल्टी गुमाउँदा कार्लो एन्सोलोटीको रियाल पहिलो क्लासिकोमा गोलविहिन रह्यो ।

जाभी होर्नान्डेजको बार्सिलोनालाई जिताउन औसमाने डेम्बेले, फर्मिन लोपेज र फेरान टोरेसले समान एक गोल गरेका हुन् ।

जितपछि जाभीले मड्रिडले धेरै अवसर बनाएपनि आफूहरु फिनिसिङमा सफल भएको बताए । ‘खेल हाम्रो पक्षमा आएको छ । तर, हामीले राम्रो प्रदर्शन गर्न सकेनौं,’ जाभीले भने, ‘हामीले धेरै सुधार गर्नुछ । मड्रिडले धेरै अवसर गुमायो,’ उनले भने ।

रियालका प्रशिक्षक एन्सोलोटीले खेल आफ्नो पक्षमा नभएपनि यसबाट धेरै सकारात्मक उर्जा मिलेको बताएका छन् । उनले धेरै अवसर गुमाउँदा नजिता पक्षमा नआएको बताए ।

प्रि–सिजन वार्म अप खेलमा डेम्बेलेले पहिलो गोल १५औं मिनेटमा गरेका थिए । फ्रिकिक बललाई पेड्रीले चलाखीपूर्ण रुपमा उपलब्ध गराएपछि बक्स भित्रबाट डेम्बेलेले शक्तिशाली प्रहार गर्दै अग्रता दिलाएका हुन् ।

त्यसको पाँच मिनेटपछि नै रियालले बराबरी गर्ने अवसर पायो । रक्षक रोनाल्ड अरौजोले बक्सभित्र हातले बल छोएपछि रियालले पेनाल्टी पाएको हो । तर, भिनिसियसको प्रहार बारमा लागेर फर्कियो ।

लगत्तै रोड्रिरगोको शक्तिशाली प्रहार बार्सिलोनाका कप्तान तथा गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले टप कर्नरबाट उत्कृष्ट बचाउ गरे । जड लेलिङ्घमको प्रहार पोष्टमा लाग्यो ।

दोस्रो हाफमा बार्सिलोना डेम्बेलेले अर्को गोल गर्ने अवसर गुमाएका हुन् । रियालका फेर्लान्ड मेन्डीको गल्ती फाइदा उठाउँदै डेम्बेलेले गरेको प्रहार गोलकिपर थिबाउटले रोकेका थिए ।

बैकल्पिक खेलाडी फर्मिन लोपेजले ८५औं मिनेटमा २–० को अग्रता बनाएका हुन् । सर्जियो रोबर्टोले मिलाएको पासलाई लोपेजले बक्स बाहिरबाट सानदार गोल गरेका थिए । टोरेसले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाएका हुन् ।

 

प्रकाशित मिति: July 30, 2023

कमेन्ट गर्नुहोस्

advertisment